पुतलीबजारमा जिपको ठक्करले एक बालकको मृत्यु

स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा जिपको ठक्करले एक बालकको मृत्यु भएको छ ।

शनिबार बेलुका ५ बजे पुतलीबजार नगरपालिका–१० राङ्खोला समताटोल भित्री सडकमा लु १ च ६०९७ नम्बरको जिपले ठक्कर दिँदा ६ वर्षका आयोन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

प्रहरीले बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । जिप चालक पुतलीबजार–१० राङ्खोलाका निरज शाही फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here