पिकअपको ठक्करबाट बालकको मृत्यु

८ पुस, चितवन । पूर्वी चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ६ ः ४५ बजे चितवनको राप्ती नगरपालिका २ गड्यौलि स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट नारायणघाट तर्फ आउदै गरेको प्र.२–०३–००१ च १७९२ नं. को महेन्द्र पिकअपले ठक्कर दिदाँ भारत घर भई हाल चितवनको राप्ती २ गड्यौलि बस्ने अब्दुल मसिनको छोरा बर्ष ८/९ को महमद एकलासको ज्यान गएको हो ।

पिकअपले ठक्कर दिदा गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक बारा जितपुर ७ बस्ने दिपेन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here