पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत
१८ पुस, पाल्पा । पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको सनाखत हुन सकेको छैन ।
सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन् ।
मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५ वर्षीय शङ्कर विश्वकर्मा, सोही स्थानका २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् ।
त्यस्तै रुपन्देही जिल्लाको बुटवल उपमहानगर–११ का ३२ वर्षीय विजय थापा, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाली, सोही स्थानका खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ ।
बुटवलबाट रिडी शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खस्दा दुर्घटना भएको हो ।
बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर रिडीमा लगिएकोे बस दुर्घटना भएको थियो । दुर्घटनाबाट परी १६ जना घाइते भएका छन् ।
घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।
ओरालो घुम्तीमा बस दुर्घटना भएको छ । चिप्लो सडकमा ओभर स्पिडले गर्दा दुर्घटना भएको प्रहरीकोे ठमाइ छ ।
घाइतेलाई स्थानीयवासिन्दा र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो ।
बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्