पाल्पाको दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु

फाइल तस्बिर

५ मंसिर, तानसेन । पाल्पाको दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। पाल्पा क्षेत्र नम्बर १ को नापी कार्यालय भवनमा र क्षेत्र नम्बर २ को तानसेन बालमन्दिरमा  मतगणना सुरु भएको हो। 

दुवै क्षेत्रको चार/चार स्थानमा मतगणना सुरु भएको हो। प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक र प्रदेश सभा प्रत्यक्ष र समानुपातिक गरी ४ स्थानमा एकै पटक मतगणना सुरु भएको हो। 

frontline

मतगणनाको प्रत्येक दुई दुई घण्टामा परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ। 

तार जालीसहित मतगणना स्थल सुरक्षित बनाई दल तथा उम्मेदवारका प्रतिनिधीहरूलाई गणनास्थलको जालीबाहिर राखिएको छ। गणनास्थलमा दलका प्रतिनिधीहरूलाई मोबाइल फोनसमेत प्रतिबन्ध गरिएको छ। 

पाल्पामा ६०. ९४ प्रतिशत मत खसेको छ। २ लाख १ हजार ३ सय २६ मतदात मध्ये १ लाख २२ हजार ६ सय ९४ मत खसेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here