पालिका भित्रका सडक स्तराेन्नती गर्दै गल्याङ नगरपालिका

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर– ११ जिमुहा क्षेत्रमा मोटर बाटो ग्राभेलको काम तीब्र गतिमा भइरहेको छ । साविकको तुलसीभञ्ज्याङ गाविस वडा नम्बर– ५ जिमुहामा रहेको रिङरोडमा ग्राभेल गर्ने काम तीब्र गतिमा भइरहेको हो ।

जिमुहाको एकाएबेलबाट डुम्रेटोल, गल्कोट मावि, ढकाल थर हुँदै अधिकारी टोल आउने बाटो ग्राभेल भइरहेको छ । यस्तै, एकाएबेलबाट कालीगण्डकी नदीसम्म जाने बाटो पनि ग्राभेल गर्ने काम भइरहेको गल्याङ नगपालिका–११ का वडा अध्यक्ष शंकरदेव अधिकारीले जानकारी दिए ।

frontline

उनले वर्षातको समयमा बिग्रिएको बाटो मर्मत मात्र गर्दा फेरि पनि समस्या आउन सक्ने भएकाले ग्राभेल गर्ने काम गरिएको बताए । वडा अध्यक्ष अधिकारीले वडा नम्बर– ११ का सबै बाटो मर्मतको क्रममा ग्राभेल गर्ने अभियान सुरु गरिएको पनि बताए ।

गल्याङ नगरपालिका जनसम्पर्क शाखा प्रमुख दलबहादुर सिंजालीले वडा नंम्बर–११ भित्र करिब पाँच किलोमिटर बाटो ग्राभेलको काम भइरहेको उनको भनाइ छ ।

कच्ची बाटो भएका स्थानीय क्षेत्रमा हिलो र धुलोको समस्या रहेकाले व्यवस्थित गर्न नगरपालिकाले पहलकदमी लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here