पार्टी परित्याग गरेका कमल थापालाई निर्णयबारे पुनर्विचार गर्न अध्यक्ष लिङ्देनको आग्रह

२६ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गरेका पूर्वअध्यक्ष कमल थापालाई निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेपछि आकस्मिक बैठक बोलाएर विज्ञप्तिमार्फत अध्यक्ष लिङ्देनले पूर्वअध्यक्ष थापालाई उक्त निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

frontline

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनपेक्षित तथा अप्रत्यासित’ ठहर गरिएको छ । ‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा बृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भईरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौँ । पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछौँ ।’

राप्रपाको सम्पन्न महाधिवेशन निर्मल निवासबाट हस्तक्षेप भएको भन्दै त्यसबारे छानबिन गर्न थापाले माग गर्दै आएका थिए । साथै, थापाले छानबिनलगायतका मागहरु पूरा गर्न अल्टिमेटम दिएका थिए ।

आफ्ना मागहरु सम्बोधन नगरिएको भन्दै थापाले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । हेटौंटाबाट पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै  अब सक्रिय रुपमा राजसंस्थाको एजेण्डा नबोक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here