पार्टी नेता, सञ्चारमाध्यम र व्यवसायीलाई लक्षित गरी सरकारी संयन्त्रको दुरुपयोग भएको आरोप: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राज्यले नागरिकको मुख थुनेर अधिनायकवादी शैलीमा शासन गर्न खोजेको नेपाली कांग्रेसले आरोप लगाएका छन् । 

४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको विशेष छलफलमा पार्टी सभापति गगनकुमार थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने भन्दै पार्टी नेता, सञ्चारमाध्यम र व्यवसायीलाई लक्षित गरी सरकारी संयन्त्रको दुरुपयोग भएको आरोप लगाए ।

frontline

सुकुम्वासी समस्या र गणेश नेपालीको आत्मदाह प्रकरणबारे दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको दाबी गर्दै उनले नागरिकको निजी सम्पत्ति, आर्जन र जीवनमा क्षति पुर्‍याउने अधिकार राज्यलाई नभएको बताए ।

थापाले सुकुम्वासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको उल्लेख गर्दै कानुनले दिएको निकास नखोजी सरकारले आफैँ समस्या सिर्जना गरेको आरोप लगाए । सरकारले हरेक नागरिकको अभिभावक र संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने भए पनि मानव जीवनको रक्षामा संवेदनशील बनकेको उनको भनाइ थियो ।

थापाले साउन ६ गते पार्टीको ‘जरा अभियान’ सम्पन्न भएपछि साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन हुने नयाँ अभियान घोषणा गरिने जानकारी दिए। नेपाली कांग्रेस कुनै घटना भएपछि मात्र प्रतिक्रिया जनाउने पार्टी नभई सम्भावित नागरिक समस्यालाई उजागर गर्ने अभियानमा सक्रिय रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here