पार्टी निर्माणमा सम्पूर्ण ध्यान र शक्ति केन्द्रित गर्न क्रान्तिकारी नेतालाई प्रचण्डको निर्देशन

फाइल तस्बिर

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्माणमा सम्पूर्ण ध्यान र शक्ति केन्द्रित गर्न अखिल (क्रान्तिकारी)का नेताहरुलाई निर्देशन दिएका छन् ।

अखिल (क्रान्तिकारी)को टोलीसँग आफ्नै निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले गुट–उपगुट भत्काउन र क्रान्तिकारी पार्टी निर्माण गर्न निर्देशन दिएका हुन् ।

frontline

माओवादी केन्द्रको आठौं महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका प्रचण्डलाई बधाई दिन अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह सहितको टोली प्रचण्ड निवास खुमलटार पुगेको थियो ।

भेटमा सहभागी अखिल क्रान्तिकारीका नेता जीपी मैनालीका अनुसार प्रचण्डले पार्टी पुनः निर्माणमा आफू सम्पूर्ण सामर्थ्यसहित जुटिसकेको भन्दै नेता–कार्यकर्ताहरुबाट पनि यही अपेक्षा गरेको बताएका थिए ।

भेटमा अध्यक्ष प्रचण्डले महाधिवेशनले समाजवाद उन्मुख कार्यदिशा सहितको विचार अबलम्वन गरेको र विचार अनुसारको क्रान्तिकारी संगठन निर्माण अबको आवश्यक्ता भएको बताएको मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here