पार्टी एकता नै सबैको चाहाना हो ः योगेश भट्टराई

फ्रन्टलाइन राजनीति । नेकपा एमाले नेता एवम् पुर्व मन्त्री योगेश भट्टराईले पार्टी एकता सबैको चाहना भएको बताउनुभएको छ । हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र बरिस्ठ नेता माधवकुमार नेपालका बिचमा भएको वार्तालाई लक्षित गर्दै नेता भट्टराईले सामाजिक संजाल मार्फत सो वार्ताले अहिलेको परिस्थितीलाई सकारात्मक दिशा दिएको उल्लेख गर्नुभएको छ ।


उहाँले आजको थालनीलाई तार्किक निश्कर्समा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गर्न आग्रह समेत गर्नुभएको छ । एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौ । धैर्य गरौ । नेता भट्टराईको फेसबुक स्टाटसमा उल्लेख छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here