पार्टीले विद्यालाई रोकेपछि थापाले भने– स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ

समाचार सारांश

  • कर्ण थापाले एमाले नेता कार्यकर्ताहरूलाई स्वाभिमान र स्वतन्त्रताको लडाइँ लड्न अपिल गरेका छन्।
  • एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेपछि थापाले यस्तो बताएका हुन्।
  • थापाले घृणा, अपमान र निषेधको अन्त्य तथा जबजका मूल्य र मान्यता स्थापित गर्न आह्वान गरे।

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले नयाँ शिराबाट स्वाभिमान र स्वतन्त्रताको लडाइँ लड्न एमाले नेता कार्यकर्ताहरूलाई अपिल गरेका छन् । 

frontline

एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेपछि विद्या निकट मानिएका थापाले यस्तो बताएका हुन् ।

 बुधबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्प गरौँ । स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ ।’ एमालेभित्रको अन्यायविरुद्ध विवेकशील एमाले कार्यकर्ता उठ्नुपर्ने थापाको अपिल छ ।

519941841_1020986030115156_6018207155505784565_n

#कर्ण थापा #एमाले #राजनीति

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here