पार्टीभित्र मर्यादाक्रमको विषयलाई लिएर कांग्रेस प्रदेश सभापतिको आपत्ति

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीभित्र मर्यादाक्रमको विषयलाई लिएर आपत्ति जनाएका छन् ।

सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारी केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका हुन् ।

frontline

मंगलबारको बैठकमा मर्यादाक्रम सम्बन्धी प्रस्ताव प्रस्तुत भएपछि प्रदेश सभापतिहरूले आफूहरूको मर्यादाक्रम घटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माका अनुसार प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा पुर्‍याइएको छ । तर केन्द्रीय सभापतिपछि आफूहरूको मर्यादाक्रम राखिनुपर्ने उनीहरूको माग छ ।

‘हामीहरू केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्छ । केन्द्रीय सभापति भन्दामुनि हुनुपर्छ,’ गण्डकीका सभापति शर्माले भने ।

यसअघि सोमबार गण्डकीका सभापति शर्माले गठबन्धनको विरोध गर्दै गठबन्धनकै कारण पार्टी कमजोर बनेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here