पार्ककै सञ्चालकको मिलोमतोमा बलात्कारका अभियुक्त फरार भएको
उर्लाबारी । मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित एभरेष्ट फन पार्कका अध्यक्ष तुलसी श्रेष्ठले १२ वर्षीया बालिका बलात्कृत घटनाको विषयमा स्पष्ट पारेका छन् । विभिन्न अनलाइनमा पार्ककै सञ्चालकको मिलोमतोमा बलात्कारका अभियुक्त फरार भएको समाचार आएपछि अध्यक्ष श्रेष्ठले मिलोमतो नभएको स्पष्ट पारेका हुन् ।
दमकका दुर्गा पौडेलले बैशाख ९ गते र १९ गते पार्कमा १२ बर्षीया बालिका ल्याएको र सोही अनुसारको जानकारी प्रहरीलाई दिएको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो । अध्यक्ष श्रेष्ठले उक्त घटनामा पार्कका सञ्चालकहरुको कुनै मिलोमतो नभएको र घटनाको छानविन गरी दोषीलाई कार्वाहीको पक्षमा रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्