पानी जमेको क्षेत्रमा निकास गर्न प्रहरी परिचालन

श्रोत : ईन्टरनेट

धनगढी । धनगढी उपमहानगरपालिकामा विवादित क्षेत्रमा जमेको पानी निकास गर्न प्रहरी परिचालन गरिएको छ ।

धनगढी उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने विषयमा वडा नम्बर २ का स्थानीयबीच विवाद बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेर सोमबार निकास दिएको हो ।

frontline

सो क्रममा आक्रोशित वडा नं २ का वासिन्दाले प्रहरीमाथि ढुंङ्गामुढा गरेको थियो । वडा नम्बर २ का वासिन्दाले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट ग्राभेलले पुरिदिएपछि वडा नम्बर ३ को पानी निकास हुन नपाउँदा रोकिएको थियो ।

डोजरले कल्भर्टमा हालिएको ग्राभेल निकालेर जम्मा भएको पानीलाई निकास दिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

वडा नम्बर २ का स्थानीयले उक्त पानी आफ्नो वडातिर निकास गरेमा बस्ती डुब्ने भन्दै आइतबारदेखि नै विरोध जनाएका थिए ।

प्रहरीले आइतबार पनि बल प्रयोग गरेर पानीलाई निकास दिन खोजेको थियो तर स्थानीयको अवरोधकै कारण समस्या भएको थियो ।

स्थानीयको अवरोध र आपसी विवादपछि जिल्ला प्रशासन कार्यालयमा धनगढी उपमहानगरपालिकाका प्रमुखसहित,

वडा नम्बर २ र ३ का वडाध्यक्ष तथा अगुुवाहरुको बैठकले पानीको उचित निकास दिने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम उपमहानगरपालिकाको डोजर प्रयोग गरेर बस्तीमा जम्मा भएको पानीलाई निकास दिइएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here