पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक भेला हेटौंडामा

 नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक भेला हेटौंडामा हुने भएको छ । पानी उद्योगीहरूको राष्ट्रिय संगठनको रुपमा नेपाल पानी उद्योग वाणिज्य महासंघ स्थापना भएपछि प्रारम्भिक भेला १७ माघमा हेटौंडामा हुने भएको हो ।

देशैभरका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरी बजारमा पठाउने उद्योगहरूको छाता संस्थाको गठन गर्न उद्योगीहरुको प्रारम्भिक भेला सहित साधारण सभा राख्ने निर्णय गरेको हो ।

frontline

भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ । कार्यक्रममा देशैभरका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागी रहने संयोजक बिक्रम लिम्बुचेमजोङले बताए ।

भेलाको तयारी समितिका सदस्य रहेका पानी उद्योगी ध्रव अधिकारीले हटौंडामा प्रशोधित पानी बोतल तथा जारमा हालेर बेच्ने उद्योगीहरूको भेला सँगै समस्याको विषयमा पनि छलफल तथा अन्तरक्रिया हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here