पाटन संयुक्त क्याम्पसमा झडप, मतदान स्थगित
५ चैत, काठमाडौं । पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच झडप भएको छ ।
स्ववियु चुनावको मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको क्याम्पसका शिक्षक कृष्ण बिकेले बताए ।
बिहान करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो ।
आजको मतदान स्थगित भए पनि अब कहिले गर्ने भन्नेमा सहमति भएको छैन ।






प्रतिक्रिया दिनुहोस्