पाकिस्तानी सेनाको डेलिगेसन नेपालमा, सांसदले उठाए प्रश्न

काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पाकिस्तानी सेनाको ११ सदस्यीय डेलिगेसन टोली नेपाल आएको विषयमा प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सिंहले पाकिस्तानी सेनाको टोली ४ मेमा नेपाल आएको बताएका हुन् ।




सिंहले संसदमा पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा नेपाल आएको समेत संसद्मा बताए ।
सांसद सिंहले संसद्मा भने, ‘नेपाल सरकारले ४ मेमा ११ जना पाकिस्तानी सेनाको डेलिगेसन बोलाएको छ । पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ आएको हो । ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा आएको छ ।’ नेपालका छिमेकी मुलुकहरू भारत र पाकिस्तानबिच पहलगाम घटनापछि तनाव रहेको बेलामा नेपाल सरकारले डेलिगेसन बोलाएको भन्दै उनले असन्तुष्टि समेत पोखे ।
उनले असन्तुलित परराष्ट्र नीतिले नेपाल र नेपाली जनतालाई कहाँ पुर्याउला भन्दै प्रश्न समेत गरे । उनले भने, ‘नेपाल सरकारले के मेसेज दिन खोजिरहेको छ ? के हामी कसैको पक्ष लिन मिल्छ ? पाकिस्तानको मान्छे आउने टाइम नै गलत छ ।’
प्रतिक्रिया दिनुहोस्