पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको भारतीय सेनाको आरोप, पाकिस्तानद्वारा अस्वीकार

नयाँ दिल्ली । भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई) ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले आफ्नो देशको सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ।

एक्समा एउटा भिडियो सेयर गर्दै भारतीय सेनाका एडीजी पीआईले लेखेको छ, ‘पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमण गरे। पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ।’

frontline

यता, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका थिए। त्यस्तै पाकिस्तानका सञ्चार मन्त्री अतुल्लहा तरारले पनि बिहीबार भारत प्रशासित कश्मीरमा कुनै पनि आक्रमण नगरिएको जिकिर गरे । उनले भारतीय मिडियाले गलत सूचना फैलाएको दाबी गरे ।

 शुक्रबार, २६ वैशाख २०८२, १० : २९

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ

नयाँ दिल्ली । भारतका पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् ।

नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको हो।

निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको सेकेन्डरी ल्याडर पोइन्ट चेकिङ (एसएलपीसी) गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ। त्यस्तै एयर मार्सलहरू पनि तैनाथ गरिने भनिएको छ।

थप समाचार 

 शुक्रबार, २६ वैशाख २०८२, १० : २७

पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको भारतीय सेनाको आरोप, पाकिस्तानद्वारा अस्वीकार

पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको भारतीय सेनाको आरोप, पाकिस्तानद्वारा अस्वीकार

नयाँ दिल्ली । भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई) ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले आफ्नो देशको सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ।

एक्समा एउटा भिडियो सेयर गर्दै भारतीय सेनाका एडीजी पीआईले लेखेको छ, ‘पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमण गरे। पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ।’

भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको बताएको छ।

थप समाचार 

 शुक्रबार, २६ वैशाख २०८२, १० : ११

भारत पाकिस्तान तनाव : अमेरिका युद्धमा संलग्न नहुने

भारत पाकिस्तान तनाव : अमेरिका युद्धमा संलग्न नहुने

न्युयोर्क । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने स्पष्ट पारेका छन् ।

‘हामीले गर्न सक्ने भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने प्रयास गर्नु हो, तर हामी युद्धमा जाने छैनौँ। त्यो हाम्रो काम होइन,’ भान्सले फक्स न्यूजसँगको अन्तर्वार्तामा भने।

अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबिचको यो तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा व्यक्त गरेका छन्। उनले भने, ‘यो मुद्दालाई नियन्त्रण गर्ने अमेरिकाको क्षमतासँग कुनै सम्बन्ध छैन… हामी कूटनीतिक माध्यमबाट यस मुद्दामा हाम्रा प्रयासहरू जारी राख्नेछौँ।’

थप समाचार 

 शुक्रबार, २६ वैशाख २०८२, १० : ०६

आईपीएल छाडेर स्वदेश फर्कन चाहन्छन् विदेशी खेलाडीहरू

आईपीएल छाडेर स्वदेश फर्कन चाहन्छन् विदेशी खेलाडीहरू

काठमाडौँ । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पनि परेको छ । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध आक्रमण सुरु गरेपछि आईपीएलको खेलसमेत प्रभावित बनेको हो ।

आईपीएलमा बिहीबार राति धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबिच खेल हुने कार्यक्रम थियो । खेल सुरु पनि भइसकेको थियो । तर, १०.१ ओभरसम्म खेल भएपछि अप्रत्यासित रुपमा खेल रोकेर स्टेडियम खाली गराइएको थियो । 

रंगशालामा रहेका दर्शकलाई बाहिर निकालिएको थियो भने खेलाडीहरु पनि आफ्नो होटल फर्किएका थिए । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार, त्रासका कारण केही खेलाडी खुट्टामा प्याड लगाएर नै हतारमा होटल फर्किएका थिए । 

थप समाचार 

 शुक्रबार, २६ वैशाख २०८२, ०९ : २७

आठ हजार भन्दा धेरै अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन

आठ हजार भन्दा धेरै अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन

काठमाडौँ । भारत–पाकिस्तानबिच तनाव बढ्दै जाँदा भारत सरकारले सामाजिक सञ्जाल एक्सका आठ हजारभन्दा धेरै अकाउन्ट ब्लक गर्न निर्देशन दिएको छ । 

भारत सरकारले पाकिस्तानी राजनेताहरू, सेलिब्रेटीहरू तथा मिडिया संगठनका सामाजिक सञ्जाल अकाउन्टहरूलाई भारतमा प्रतिबन्ध लगाइरहेको छ । एक्सका अकाउन्ट ब्लक गर्ने भारत सरकारको निर्देशनलाई पनि यसै रणनीतिको हिस्साका रूपमा हेरिएको छ । 

भारत–पाकिस्तानबिच तनाव बढेसँगै सरकारले सामाजिक सञ्जाललाई मसिनो गरी निगरानी गरिरहेको छ । एक्सका अनुसार, भारत सरकारले जुन–जुन अकाउन्टहरू ब्लक गर्न निर्देशन दिएको छ, त्यसमा अन्तर्राष्ट्रिय मिडिया तथा प्रमुख प्रयोगकर्ता पनि छन् । यसभन्दा अघि मेटाले इन्स्टाग्राममा रहेको एउटा प्रमुख मुस्लिम समाचार पेजलाई भारत सरकारको निर्देशनमा ब्लक गरेको थियो ।

थप समाचार 

 शुक्रबार, २६ वैशाख २०८२, ०७ : ३२

भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?

भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?

काठमाडाैँ । भारत र पाकिस्तानबिच जारी तनावको बारेमा अमेरिकी विदेश मन्त्रालय बोलेको छ । अमेरिकाले दुवै देशले एक अर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ । युद्धले कुनै समाधान ननिम्त्याउने अमेरिकाको भनाइ छ । 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा यो कुरा बताएकी हुन्। पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्नेकुरा मध्य पूर्वबाट प्रमाणित भइसकेको छ ।’

यस्तै  ब्रुसले भारत र पाकिस्तान बिचको तनावमा कुनै पनि प्रकारको मध्यस्थता केही खुलाइनन् । 

थप समाचार 

 शुक्रबार, २६ वैशाख २०८२, ०७ : २८

पाकिस्तान सुपर लिग अब युएईमा

पाकिस्तान सुपर लिग अब युएईमा

काठमाडौँ । भारत र पाकिस्तानबिच जारी तनावका बिच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गर्ने बताएको छ।

अब पीएसएलका अन्तिम आठ खेलहरू, जुन पहिले रावलपिंडी, मुल्तान र लाहोरमा आयोजना हुने तालिका थियो, युएईमा आयोजना हुनेछन्। पीसीबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार खेलको तालिका, मिति र स्थान छिट्टै घोषणा गरिनेछ।

बिहीबार रावलपिंडी क्रिकेट रङ्गशालामा हुने तय भएको पीएसएल खेल रद्द गरिएको थियो। पाकिस्तानी सेनाले रावलपिंडी क्रिकेट रंगशाला नजिकैको फूड स्ट्रिटमा भारतीय ड्रोन खसालेको दाबी गरेको थियो।

थप समाचार 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here