पाकिस्तानले मनायो ७५ औं स्वतन्त्रता दिवस

२९ साउन, काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आइतबार पाकिस्तानको ७५औं स्वतन्त्रता दिवस मनाएको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत सैइद हैदर साहले पाकिस्तानको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।

frontline

कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारीहरू र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो । त्यसै अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा राजदूत साहले मोहम्मद अली जिन्नाको नेतृत्वमा भएको पाकिस्तान आन्दोलनको इतिहासको स्मरण गरे ।

उनले जम्मु कश्मीर विवादको उल्लेख गर्दै त्यस क्षेत्रको दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि जनताको चाहना तथा संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार लामो समयदेखि चलिरहेको विवादको समाधान अपरिहार्य रहेको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here