पाँच विद्यार्थी सङ्गठनद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

श्रोत : ईन्टरनेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा पाँच विद्यार्थी सङ्गठनहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

अखिल (क्रान्तिकारी) को काठमाडौं बागबजार स्थित कार्यालयमा बसेको बैठकले पहिलो चरणको आन्दोलन सफलता पूर्वक सम्पन्न भएको समीक्षा गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

frontline

अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीका अनुसार २४ असारमा देशव्यापी सिट्ठी जुलुस, २७ असारमा माइतिघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

‘संयुक्त विद्यार्थी सङ्गठनले संसद् विघटन, केपी ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा सञ्चालन भएको पहिलो चरणको आन्दोलन सफल भएको समीक्षा गरिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने कुरामा संयुक्त विद्यार्थी आन्दोलन विश्वस्त रहेको छ’ पाँच विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here