पाँच विद्यार्थी संगठन रेक्टर कार्यालयको ढोका अगाडि धर्नामा

 प्रतिपक्ष दल निकटका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयको रेक्टर प्राडा खड्ग केसीको कार्यकक्ष अगाडि ढोकामा धर्नमा बसेका छन् । १० बजेट माग राखेर मंगलबार रातिदेखि धर्नमा बसेका हुन् ।

मेरिटोकेसिको आधारमा क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने, डा. पुष्कर रैखोला नेतृत्वको छानबिन समितिको प्रतिवेदनले समकक्षता दिने भनी गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र दोपीलाई कारबाही गर्नुपर्ने माग पाँच विद्यार्थी संगठनको छ ।

frontline

अध्ययन बिदा लिई विदेश गएका र स्वदेश नफर्किने प्राध्यापक र कर्मचारीहरुको यकिन विवरण सार्वजनिक गरी उक्त अर्वाधको सेवा, सुविधा, तलब विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने र सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने माग पनि विद्यार्थी संगठनको छ । विश्वविद्यालयमा हिनामिना भएको जग्गा फिर्ता गरी संलग्न सम्बन्धित व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने माग पनि राखेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराउने पदाधिकारी वा कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र  पढ्‌दै कमाउँदै कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य रुपमा संलग्न गराउनुपर्ने माग विद्यार्थी संगठनको छ ।

एमाले निकटका विद्यार्थी नेता सिद्धान्त भट्टले १९ दिनसम्म उपकुलपति केसरजंग बरालको कार्यकक्ष अगाडि धर्ना दिएका थिए । उनीसँग आइतबार सहमति भएको थियो । तीन दिनपछि पाँच विद्यार्थी संगठनले रेक्टर कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here