पाँच लाख बढी नेपाली पहिचान विहीन,नेपाली भाषीलाई परिचयपत्र दिन नेपाल सरकारसँग माग

२६ साउन, लन्डन । म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन् ।

गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा पुगेका नेपालीका सन्तान अहिले पहिचानको खोजीमा छन् ।

frontline

युद्धका बेला इस्ट इन्डिया कम्पनीले हजारौंको संख्यामा नेपालीलाई जापानविरुद्ध लड्न ती ठाउँमा लगेको थियो । युद्धपछि ती देशमा नेपाली बसोबास गर्न थालेको विश्वास गरिएको छ । नेपाल सरकारको ध्यान नपुग्दा लाखौंको संख्यामा नेपालीले पहिचान गुमाउनु परेको हो ।

उनीहरू नेपाली भाषी हुन्, आत्मसम्मानका लागि उनीहरूलाई सरकारले पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) परिचयपत्रको व्यवस्था गर्नुपर्ने अध्यक्ष बस्नेतले भनाइ छ ।

उक्त परिचयपत्रले नेपालबाट टाढिएका पुरानो र नयाँ पुस्तालाई नेपालसँग जोड्ने अध्यक्ष बस्नेतले बताउनुभयो । नेपाली भाषीलाई परिचयपत्र राज्यले प्रदान गर्न सक्यो भने देशमा पर्यटन र लगानी लगायतको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बस्नेतले बताउनुभयो ।

दक्षिण एसियाबाहेकका देशमा बसोबास गर्ने नेपालीलाई गैरआवासीय नेपालीको परिचयपत्र दिएजस्तै ती ४ देशमा बस्ने नेपालीलाई पिएनओको परिचयपत्र दिन सकिन्छ,’ उहाँले भन्नुभयो , ‘ती मुलुकमा बसोबास गर्ने नेपालीलाई पीएनओको मान्यता दिलाउन पहल गर्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषद् समक्ष माग गरेको छु ।’

बस्नेत र चौथो पुस्ताका कुमार कार्कीले संयुक्त रूपमा अगस्ट २८ तारिखमा बैंककमा हुने गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा पिएनओका विषयमा कार्यपत्र प्रस्तुत गर्ने तयारी गर्नुभएको छ ।

अधिकांश नेपाली भाषी नेपालीहरू बैंककदेखि ४ सय किलोमिटर टाढा रहेको म्यानमार र थाइल्याण्डको बोर्डरमा बसोबास गर्दै आएका छन् । उनीहरूको मुख्य पेसा कृषि हो । उनीको मुख्य आम्दानी आफ्नै रोजगारी, व्यवसायलगायत सिलाई कटाई, सुटिङ एण्ड टेलरिङ रहेको छ ।

गैरआवासीय नेपाली नागरिकले तेस्रो पुस्तासम्म नागरिकता पाउने संवैधानिक व्यवस्था गलत रहेको उनले बताए । बस्नेतका अनुसार दोस्रो विश्वयुद्धपछि बिना पासपोर्ट छिरेका ठूलो संख्यामा युद्धमा होमिएका नेपाली भाषीहरूको ६ पुस्तासम्म भेटिएको छ ।

त्यहाँ रहेका नेपालीहरूले नेपालमै जस्तो तीज, दसैँ, तिहार, छठ लगायतका नेपाली चाडपर्वहरू मनाउँदै आएका छन् ।

उनीहरूको सक्रियतामा फुकेटमा २० वर्षअघि नेपाली थाई मुलनीथी श्री भागवत धाम सनातन मन्दिरको स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here