पाँच फरार प्रतिवादी तनहुँबाट पक्राउ

काठमाडौं । विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ । 

ज्यान मार्ने उद्योग र लागूऔषध मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।

frontline

पक्राउ पर्नेमा ज्यान मार्ने उद्योगमा तनहुँ जिल्ला अदालतबाट ८ वर्ष कैद र ५२ हजार जरिवाना तोकिई १८ वर्षदेखि फरार रहेका व्यास नगरपालिका–१ का ४० वर्षीय पपे भनिने पपेन्द्र राना तथा लागूऔषध मुद्दामा अदालतबाट दोषी ठहर भएका शुक्लागण्डकी नगरपालिका–१० खोरादीका २७ वर्षीय सुशील पोखरेल, शुक्लागण्डकी–१० का सन्जु भनिने कृष्णबहादुर धिमाल रहेका छन् ।

यस्तै लागूऔषध मुद्दामै दोषी ठहर भएका तनहुँको व्यास नगरपालिका–१ भादगाउँका २२ वर्षीय सन्तोष कार्की र चितवनको भरतपुर महानगरपालिका–७ स्थायी घर भई तनहुँको व्यास–३ शान्तिनगर बस्ने ३७ वर्षीय लक्ष्मण दनुवारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here