पाँच देखि एघार सम्मका ३९ लाख बालबालिकालाई असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप दिइने
४ असार, काठमाडौं । सरकाले असार ९ गतेदेखि पाँच वर्षदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।
पाँच वर्षदेखि एघार वर्षसम्मका ३९ लाख बालबालिकालाई सरकारले असार ९ गतेदेखि कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउने निर्णय गरेको हो।
बालबालिकालाई खोप विद्यालयमा लगाइने परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत संजय महासेठले बताए।
उनले भने,‘यो उमेर समुहका धेरै बालबालिका स्कूल जाने हुदा खोप स्कुलमै लगाइने छ। यो खोपको प्रभावकारीता ९१ प्रतिशत देखिएको छ।’यस्तै खोप केन्द्रमा उपचारका लागि स्वस्थ्यकर्मी खटिएको डा. विवेकलाल कर्णले बताए।
‘खोप लगाएपछि टाउको दुख्ने, वाकबाकी लाग्ने, वान्ता हुने, सुइ लगाएको ठाउँ रातो हुने, शरिर चिलाउने, विमिरा तथा डाबर आउने सामान्य समस्य कुरा हो’, उनले भने,‘तर कसैलाई केही भएको खण्डमा उपचारका लागि सहज होस् भन्नका लागि स्वास्थ्यकर्र्मी राखिएको हो। बालबालिकामा केही असर देखिए हामी त्यही अनुसन्धान गछौँ’
बालबालिकालाई खोप दुई चरणमा दिइने परिवार कल्याण महाशाखाले जनाएको छ।पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ।
यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा दिइने महाशाखाले जनाएको छ ।
विभिन्न अध्ययनका अनुसार खोप सुरक्षित रहेको भन्दै सरकारले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि आगैह गरेको छ।
प्रतिक्रिया दिनुहोस्