पाँच एआइजीलाई दर्ज्यानी चिन्ह

श्रोत : ईन्टरनेट

२५ जेठ, काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ले दर्ज्यानी चिन्ह लगाएका छन्। 

बुधबार नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले पाँच एआइजीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। 

frontline

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा पाँच जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

उत्तमराज सुवेदी, अरूणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहको बढुवा भएको हो। उनीहरूको बढुवासँगै पदस्थापन पनि भएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here