पहिलो डोज खोप लगाएका पाँच सय प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका पाँच सय प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार खोप लगाइसकेका ५ सयभन्दा बढीमा संक्रमण देखिएको हो । हाल प्रहरीका सातजना आईसीयूमा उपचाररत छन् । ११३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

५१४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा छन् । हालसम्म संक्रमणमुक्त भएर ७ हजार ७१४ जना काममा फर्किसकेका छन् । संक्रमणबाट हालसम्म १० जना प्रहरीले ज्यान गुमाएका छन् । प्रहरीमा १५ हजार ३४८ जनाले दोस्रो चरणको खोप लिइसकेका छन् । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here