पहिरो नियन्त्रण नहुँदा गलेश्वर बस्ती उच्च जोखिममा

सान्केतिक तस्बिर

२७ असार, म्याग्दी । रघुगंगा–३ पिप्लेको सतीपहरादेखि च्युडीस्वाँरासम्मको पहिरो नियन्त्रण नहुँदा फेदीको गलेश्वर बस्ती उच्च जोखिममा परेको छ ।

गलेश्वर, पिप्ले, भगवती, बेग खण्ड कालोपत्र गर्न २ सय मिटर भिरालो पाखोको भित्ता काटेपछि गत वर्षको मनसुनमै पहिरो चलेको थियो ।

frontline

गत वर्ष करिव २ महिना घर छोडेर आफन्तकहाँ आश्रय लिएका गलेश्वरका २१ घरधुरी यसवर्ष पनि जोखिममा छन । पहिरो नियन्त्रण नभएकाले जोखिम यथावत रहेको हो ।

आजसम्म ठूलो पानी परेको छैन र घरमै बसेका छौं । कुन दिन ठूलो पानी पर्ने हो र भागदौड हुने हो, त्रासमात्र छ’ पहिरोको सबैभन्दा बढी जोखिममा रहेका भरत मल्लले भने, पहिरोले बेनी–जोमसोम खण्डको राहुघाट मोटरेबल पुल पनि उच्च जोखिममा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here