पहिरो जाँदा अर्घाखाँचीकाे गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध

फाइल तस्बिर

१९ असोज, अर्घाखाँची । मंगलबारदेखी परेको अविरल वर्षाका कारण पहिरो जाँदा अर्घाखाँचीकाे गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ती नजिकै ठूलो पहिरो जाँदा सडक पूर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे ।

frontline

पहिरो हटाउनको लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

आज (बुधबार) दशैंको टिकाको दिन मुख्य सड्क नै बन्द भएपछि जिल्ला भित्रीने र बाहिरीने यात्रुलाई समस्या भएको उहाँले बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here