पहिरो खसेपछि बीपी र पुष्पलाल लोकमार्ग अवरुद्ध

श्रोत :ईन्टरनेट

१५ असार, सिन्धुली । पहिरो खसेपछि बीपी र पुष्पलाल लोकमार्ग बुधबार बिहानदेखि अवरुद्ध बनेको छ । सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत खनियाँखर्कनजिक पहिरो खसेर बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सोही स्थानमा खसेको पहिरोका कारण मंगलबार पनि यातायात अवरुद्ध भएको थियो ।

लगातार पानी परेर पहिरो झरिरहेकाले सफा गर्ने अवस्था नभएको सिन्धुली प्रहरीका डीएसपी मनोज लामाले बताए । पानी पर्न रोकिएपछि पहिरो सफा गरेर यातायात सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

frontline

बीपी राजमार्गको दर्जनौँ स्थानमा पहिरो खस्ने सम्भावना भएकाले सजग भएर यात्रा गर्न उनले सुझाएका छन् । खहरेहरु बढेरसमेत बीपीको दुम्जा, नेपालथोकलगायतका स्थानमा यातायात अवरुद्ध भएको छ ।

यस्तैमध्ये पहाडी पुष्पलाल लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका ६ को अक्करेभीरको खसेको पहिरोले गर्दा यातायात पु:न अवरुद्ध भएको छ ।

अक्करेको पहिरो सफा गरेर मंगलबार साँझ यातायात सञ्चालनमा ल्याइएको थियो । अक्करेभीरको पहिरो हटाउन एक्स्काभेटरसमेत जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here