पहिरोले सिरिजंगामा ठूलो धनजनको क्षति, ६३ घरपरिवार विस्थापित

फाइल तस्बिर

७ असार, काठमाडौं । असार २ गतदेखि आएको अविरल वर्षासँगैको पहिरोले ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा ठूलो धनजनको क्षति पुगेको छ । गाउँपालिकाको मामांखेका ६३ घरपरिवार पहिरोका कारण विस्थापित हुनु परेको छ ।

पहिरोको त्रासका कारण ६३ परिवारले डरका कारण सकेका मालसामानहरु लिएर गाउँबाट अन्यत्र सरेका छन् । अहिले पीडितहरूलाई राहत तथा पुनः स्थापनाका लागि प्रहरीको टोली पहिरो प्रभावित क्षेत्रमा पुगिसकेको बताइएको छ ।

frontline

पहिरोमा परेर दुई जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here