पहिरोले पुरिएर महिलाको मृत्यु

श्रोत : ईन्टरनेट

तनहुँ । तनहुँकाे ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

वडा नम्बर ७ दधिवनमा पहिरोमा पुरिएर ५२ बर्षीया देवीसरा थापाकाे मृत्यु भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

frontline

बिहीबार बिहानको पहिरोले उनको घर पुरिएको थियाे । दधिवनको ४ घर पनि पहिरोले पुरेको अध्यक्ष श्रेष्ठले बताए ।

ऋषिङ–८ माझकोटका पनि पहिरोमा पुरेर ४० बर्षीय खुमबहादुर थापा बेपत्ता छन् ।

विहान साढे ५ बजे गोठमा जाने क्रममा पहिरोमा परी बेपत्ता उनको खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here