पहिरोले अवरुद्ध तानसेन बुटवल सडक संचालनमा

फाइल तस्बिर

१५ असार, तानसेन । पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षाको कारण पहिरो झर्दा गएरातिदेखि अवरुद्धभएका जिल्लामा संचालित राजमार्ग, सहायक राजमार्ग दिउँसो देखि संचालनमा आएका छन्।

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डको सिद्धबाबा, झुम्सा, पानीमिल, हिउँदे खोला, चर्चरे, कालिमाटी क्षेत्रमा झरेको पहिरो हटाएपछि सडक संचालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु थापाले बताए।

frontline

सिद्धार्थ राजमार्ग तानसेन-पोखरा सडक खण्डको बगनासकाली गाउँपालिका-५ राम्दी क्षेत्रका सेरा जामुने र रम्भा गाउँपालिका-३ पिपलडाडा क्षेत्रमा खसेका पहिरो हटाएपछि सवारी साधन संचालन भएको पाल्पा प्रहरीले जनाएको छ।

तानसेन तम्घास सडक अन्तर्गत रिव्दीकोट गाउँपालिका-२ जोर्तेमा खसेको पहिरो र तानसेन नगरपालिका-१४ अर्गली रिडी क्षेत्रमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको हो। ठूलो वर्षाको कारण जिल्लाभरी विधुत सेवाअवरुद्ध भएपछि गाउँ गाउँमा मोबाइल सेवा अवरुद्ध भएको छ।

राजमार्ग तथा सहायक राजमार्गमा झरेको पहिरो हटाउन, नियमितरुपमा सवारी साधन चलाउन डिभिजन सडक कार्यालय पाल्पाले राजमार्ग र सहायक राजमार्गमा डोजर, स्काभेटर तथा लोडर परिचालन गरेको जनाएको छ।

तानसेन राम्दी क्षेत्रमा एक वटा मेशिन, तानसेन बुटवल सडकखण्डमा झुम्सा र प्रभासमा गरी २ वटा मेशिन, तानसेन तम्घास सडक अन्तर्गत अर्गलीमा रहने गरी एक वटा मेशिन परिचालन गरेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here