पहिरोमा ट्क्याटर र जेसीवी पुरिँदा एकको मृत्यु, एक जना घाइते

श्रोत : ईन्टरनेट

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गएराति पहिरोले एक ट्याक्टर दुई ओटा जेसिबी पुरिएका छन् ।

पहिरोमा परी ट्क्याटर र जेसीवी पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

frontline

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार मृत्यु हुनेमा बर्दिया अस्मेरी गाउँपालिका– ३ हाल तिनाउ गापाको डुम्रेमा बसोवास गर्ने २७ बर्षीय महेन्द्र पुन रहेका छन् ।

तिनाउँ गाउँपालिका ६ डुम्रे स्थित भित्र कच्ची सडक खण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जादै गरेको ट्याक्टर हिलो फसेपछि दुई ओटा जेसीवीले निकाल्न खोदा पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सहयोगी पुनको लुम्विनी मेडिकल कलेज प्रभाषमा उपचारका क्रममा गएराति मृत्यु भएको सूचना अधिकारी त्वातीले बताए ।

हिलोमा फसेको लु ४ त ६६२९ नं।को ट्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा एक ट्याक्टर र दुई ओटा अर्को लु १ क २४९७ र लु १ क २४९६ नं। जेसीवी पुरिएको हो ।

रैनादेवी छहरा गाउँपालिका १ बस्ने २० बर्षीय लु १ क २४९६ नं।को जेसीवी चालक सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताए ।

बुढाको अहिले लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here