पहिराले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता
१७ साउन, म्याग्दी । यहाँको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज (आइतबार) बिहान पहिराले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन्।
घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।
गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन्। घमबहादुर, उनका श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन्।स्थानीय बेपत्ताको खोजी गरिरहेका छन्।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए।
घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्