पश्चिम बंगालमा ट्रेन दुर्घटना हुँदा तीनको मृत्यु, २० जना बढी घाइते

२९ पुस , एजेन्सी । पश्चिम बंगालमा ट्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० जनाभन्दा बढी घाइते भएको एनडिटिभीले जनाएको छ। 

बिहीबार अपरान्ह ५ बजे गुवाहाटी-बिकानेर एक्सप्रेस ट्रेन पश्चिम बंगालको जलपाइगुरी जिल्लाको मेनगुरी नजिकै दुर्घटना भएको हो। ट्रेन आफ्नो ट्रयाकबाट बाहिर गएर पल्टिएको हो।

frontline

दुर्घटनामा कम्तीमा पनि ३ जनाको मृत्यु र २० जनाभन्दा बढी घाइते भएको जलपाइगुरीका जिल्ला म्याजिस्ट्रेट मौमिता गोडाला बासुले जानकारी दिएका छन्। 

घाइतेहरूको उपचारको लागि नजिकैको सरकारी अस्पतालमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचार गरी गम्भीर घाइतेहरूको थप उपचारको लागि जलपाइगुरीस्थित अस्पताल रिफर गरिएको थियो। 

पल्टिएको ट्रेनको डिब्बाहरूमा कयौं यात्रुहरू अड्किएको हुनसक्ने आशंका गरिएको छ। ट्रेनका १२ वटा डिब्बा पल्टिएको हो। 

ग्याँस काट्ने औजारको प्रयोग गरी उद्धार गर्ने काम भइरहेको छ। 

अनुसन्धान गर्न रेलवे बोर्डका अध्यक्ष र महानिर्देशक दिल्लीबाट घटनास्थलतर्फ लागेका छन्।

घटनामा ज्यान गुमाएकाहरूको परिवारको लागि पाँच लाख भारू दिने घोषणा समेत भइसकेको एनडिटिभीले जनाएको छ।

घाइतेहरूको लागि भने एक लाख रुपैयाँ र सामान्य चोटपटक लागेकालाई  २५ हजार भारू दिन लागेको हो।

प्रहरी, स्थानीय र सुरक्षित रहेका यात्रुहरूले नै ट्रेनमा फसेका व्यक्तिहरूको उद्धार गरिरहेको एनडिटिभीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here