पश्चिमी वायुको सामान्य प्रभाव : पहाडी भूभागमा वर्षा हुने

१ माघ, काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले शनिबार देशमा पहाडी भूभागमा वर्षा हुने भएको छ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली भइ वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

frontline

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा वर्षा भए पनि बाँकी प्रदेशमा मौसम सफा रहने छ। 

त्यस्तै शनिबार राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

भोली आइतबार गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। 

देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here