पशुपति मन्दिर आसपासका अवैध संरचना हटाउँदै महानगर प्रहरी

२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले पशुपतिनाथ मन्दिर आसपास बनेका अवैध संरचना हटाउन सुरु गरेको छ ।

शुक्रबारदेखि सो क्षेत्रका अवैध संरचना हटाउन सुरु गरिएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

frontline

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान चलाउँदै आएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा नगरप्रहरीले काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here