पशुपति गौशाला धर्मशालामा सम्झौता विपरीतका संरचना हटाइने

फाइल तस्बिर

४ कात्तिक, काठमाडौं । पशुपति क्षेत्रस्थित पशुपति गौशाला धर्मशालामा सम्झौता विपरीत बनाइएका संरचना हटाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिलाई ३५ दिने समय दिएर यस्तो संरचना हटाउन भनेको हो । पशुपति गौशाला धर्मशाला सञ्चालक समिति मारवाडी सेवा समितिबाट सञ्चालनमा रहेको छ ।

frontline

समितिलाई २६ असोजमा पत्र लेख्दै गौशाला धर्मशाला सञ्चालन उद्देश्य अनुसार नभएको जानकारी गराएको थियो ।

सम्झौता र मापदण्ड विपरीतका संरचना तोकिएको समयमा नहटाएमा कोषले नियम अनुसार गर्ने समेत सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here