पशुपतिमा माछा,मासुु,मदिरा नशालु पदार्थको बिक्रीवितरण र सेवनमा रोक

१५ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा माछा,मासुु,मदिरा तथा नशालु पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाएको छ ।

प्रशासनले आज जारी गरेको सूचनामा भोलि बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा तीर्थयात्री र भक्तजनहरुलाई माछा,मासु,मदिरा तथा नशालु पदार्थको बिक्री वितरण तथा सेवन नगर्न नगराउन आग्रह गरिएको छ ।

frontline

सूचना विपरितको क्रियाकलाप भए/ गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने समेत जनाइएको छ । तर,उक्त सूचना र सूचनाको भाषाले भोलि एक दिनबाहेक अरु दिन पशुपतिनाथ परिसरमा त्यस्ता पदार्थ सेवन गर्न पाइने र गरिँदै आएको अर्थ लागेको छ ।

बालाचतुर्दशीका दिन तीर्थयात्री र भक्तजनहरुले पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसेर बत्ती बाल्छन् ।

भोलिपल्ट बिहान बाग्मती नदीमा बत्ती बिसर्जन गरी पशुपतिक्षेत्रका मठमन्दिर,देवालय,शिवालय,कैलाश पर्वत,मृगस्थली,मृगवाटिकाका महादेवलगायतका स्थानमा सद्बीज छर्ने परम्परा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here