पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार उनले आफू र आफ्नी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। 

frontline

‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ। हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,’ उनले लेखेका छन्।

त्यस्तै आफूहरूको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन भनेका छन्।

‘यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ,’उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here