परोहा न.पाका नगर प्रमुख वकिलद्वारा प्रत्येक परिवारलाई ग्यास सिलिन्डर वितरण 

मेवालाल यादव 

frontline

साउन २८ गते , रौतहट 

 राैतहट जिल्लाकाे परोहा नगरपालिकाकाे-३ तेजापाकड टोलमा आज ग्यास सिलिन्डर वितरण गरिएको छ । परोहा नगरपालिकाकाे-३ तेजापाकडमा आज सोमबार ग्यास सिलिन्डर तथा चुल्हाे वितरण गरिएको हाे । परोहा नगरपालिकाकाे नगर प्रमुख शेख वकिलको प्रमुख अतिथ्यतामा  प्रत्येक  घरधुरीलाई ग्यास सिलिन्डर तथा चुल्हाे वितरण गरिएको हाे । परोहा नगरपालिका -३ तेजापाकडका वडा अध्यक्ष महेश सिंहको अध्यक्षतामा प्रत्येक  घरधुरीलाई ग्यास सिलिन्डर तथा चुल्हाे वितरण कार्यक्रम शुरु भएको थियो ।नगर प्रमुख शेख वकिलको  चुनावी प्रतिबद्धता अनुरुप परोहा  नगरपालिकाकाे-३ तेजापाकड टोलमा प्रत्येक  घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।  परोहा नगरपालिकाकाे नगर प्रमुख शेख वकिलको  अतिथ्यतामा धुवामुक्ता ,  ग्यास सिलिन्डर तथा चुल्हाे वितरण कार्यक्रमको मैन बती बालेर उदघाटन गर्नु भएको थियो। 

परोहा नगरपालिकाको  नगर प्रमुख  शेख वकिलद्वारा 

 प्रथम प्राथमिक्ता दलित  बिपन्न , गरिब र अन्य समुदायका तथा  आफ्नो नगरलाई धुवा मुक्त गर्नलाई आज देखि प्रत्येक घरधुरीलाई ग्यास सिलिन्डर  तथा चुल्हाे सेट सहित वितरण गरिएको युवा नेता बिशेष पसवानले बताउनु भयो ।

  नगर प्रमुख शेख वकिलको प्रमुख आतिथ्यमा ग्यास सिलिन्डर , चुल्हो, रेगुलेटर, पाईप लाईटर लगायत का समान वितरण गरेको वडा सदस्य मुकेश कुशवाहाले बताएका छन् ।

परोहा नगरपालिकाकाे नगर प्रमुख शेख वकिलको भनाइ अनुसार नगर भरिका  घरपरिवारले अहिले पनि दाउराको प्रयोग गरी खाना पकाउने गरेको हो , त्यसलाइ हटाउनको लागि धुवामुक्त कार्यक्रम अन्तर्गतमा खरिद गरिएको ग्यास सिलिन्डर  तथा चुल्हाे सेट  वितरण  गरिएको हो  

परोहा नरपालिकाको करिव ७ हजार पाँच सय घर परिवारलाई उक्त ग्यास सिलिन्डर चुल्हो सेट वितरण गरिने छ । गत आर्थिक वर्षमा वडा नंं. १ का सम्पूर्ण घर परिवारलाई वितरण गरि सकिएको तथा हाल २, ३ र ४ वडाका करिव २ हजार ७० घरपरिवालाई वितरण गरिने तथा बाँकी सवैलाई एक दुई महिना भित्र वितरण गर्ने मेयर वकीलले बताए ।

अहिलेको आधुनिक युगमा पनि गुईठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारणले  ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याईएको नगर प्रमुख शेख वकिलको भनाइ रहेको छ ।

यस योजनाले गोबरबाट बनेको गुईठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र  धुँवामुक्त हुने विश्वास गरिएको नगर उप प्रमुख सुगान्धी गिरिले बताएकी छिन।

परोहा नगरपालिकाको वडा नं- ३ को  स्थानीय जनताहरुले ग्यास सिलिन्डर तथा चुल्हो सेट  लगायतका सरसमानहरु पाउदा एकदमै खुशी भएको  समाजसेवी तथा युवा नेता शेख जुमाइले बताउनु भयो ।

सो धुँवामुक्त कार्यक्रममा प्रमुख  परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल ,नगर उप प्रमुख सुगान्धी गिरि ,परोहा  नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत मो. मोहफुलअहम्द   , इन्जिनियर दिपेन्द्र यादव ,वार्ड न-६ का वडा  अध्यक्ष  बिलाश पटेल  , वडा महेश सिंह , जवाहरलाल यादव , नागेन्द्र पटेल , खेदु मुखिया  , कपिल अन्जुम , परोहा नगरपालिकाको  वडा सदस्य , जनप्रतिनिधि , पत्रकार , सुरक्षाकर्मी  लगायत कार्यकार्ताहरुको  उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here