परोहामा आइतबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने

मेवालाल यादव 

सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ।

frontline

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी परोहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जलन्धर यादवले बताएका छन् ।

 रौतहटको परोहा नगरपालिकाको आयोजनामा हुन गइ रहेको हात्तीपाइलेविरुद्धको औषधि खुवाउने यहि  बैशाख १६ गते देखी शुरु भएको परोहा नगरपालिकाको स्वास्थ्य शाखाद्वारा सूचना अह्वान गरिएको हो। दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनले बताए।

गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने परोहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जलन्धर यादवले बताए। 

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ।

यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने परोहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जलन्धर यादवले बताए।

हात्तीपाइले रोगको धेरैजस्तो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ। त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here