पदाधिकारी संख्या थप्ने माओवादी केन्द्रको निर्णय

२३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ।

पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए।

frontline

उनका अनुसार पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने निर्णय भएको महराले बताए।

त्यस्तै केन्द्रीय कमिटी सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल नगर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here