पत्रकार झालाई मातृशोक

राजविराज, २६ असोज (रासस) : नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका निवर्तमान कोषाध्यक्ष शुभचन्द्र झालाई आज मातृशोक परेको छ ।

सप्तरीको राजविराज नगरपालिका–५ निवासी झाको ममतामयी आमा अमृतकला देवी झाको ७२ वर्षको उमेरमा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

frontline

मैथिली साहित्य परिषद् सप्तरीका पूर्वअध्यक्षसमेत रहनुभएका पत्रकार झालाई परेको मातृशोकप्रति नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले गहिरो समवेदना प्रकट गरेका छन् । –––

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here