पत्रकारको लागि आइसोलेन कक्ष तयार

६५० पत्रकार कोरोना संक्रमित भएकोमा २५० जना सक्रिय संक्रमित
नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारको उपचारका लागि १० बेड क्षमताको आइसोलेन कक्ष तयार
२३ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारको उपचारका लागि १० बेड क्षमताको आइसोलेन कक्ष तयार गरेको छ ।




कोरोना संक्रमित भई अस्पतालमा उपचार पाउन नसकेका पत्रकारका लागि महासंघले केन्द्रीय कार्यालयसँगै रहेको पत्रकार आवास गृहलाई आइसोलेसन कक्ष बनाएको हो ।
महासंघका महासचिव रोसन पुरीका अनुसार सबै १० बेडमा अक्सिजनको व्यवस्थासमेत हुनेछ । बिहीबारसम्म ५ बेड तयार रहेको र बाँकी ५ बेड शुक्रबार तयार हुने उनले जानकारी दिए ।
‘सबै काम लगभग सकिएको छ, अब भोलिदेखि स्वास्थ्यकर्मी पनि आउनुहुन्छ’ महासचिव पुरीले भने, ‘यहीँ अक्सिजनसहित उपचार हुन्छ, आइसोलेसनका लागि आवश्यक सबै व्यवस्थापन भएको छ ।’
हालसम्म देशभर ६५० पत्रकार कोरोना संक्रमित भएकोमा २५० जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्