पटक-पटक आग्रह गर्दा अटेर गरेपछि कमलामाईका स्थानीयहरू आफै जुटे सडक मर्मतमा

५ साउन, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकालाई खाल्डाखुल्डी भै भत्किएकोे सडक मर्मत गरिदिन पटक-पटक आग्रह गर्दा समेत अटेर गरेपछि स्थानीयहरू आफै सडक मर्मतमा जुटेका छन् ।

सदरमुकाममा अवस्थित कमलामाई नगरपालिकाको केन्द्र वड नम्बर-६ को पानीट्यांकी उकालोका करिब ५०-६० जना स्थानीयहरू एकसाथ मिलेर सडकको खाल्डाखुल्डी मर्मत गर्न थालेका हुन् ।

frontline

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा मेयरका उम्मेदवारहरूले सडक मर्मत गरिदिने प्रतिवद्धता पूरा नगरेपछि वर्षायामको समयमा स्थानीयहरू भेला भएर सडक मर्मतमा जुटेका छन् ।

आफ्नो सडककोे समस्या आफैं समाधान गरौं भन्दै स्थानीयले करिब १ सय ५० मिटर जति लामो सडक मर्मत गरेका छन्।

पानीट्यांकी उकालोको सडक बिग्रेका कारण पटक-पटक मोटरसाइकल, स्कुटर दुर्घटना परेको दृश्यले आक्रान्त भएका स्थानीयहरूले आफ्नै खर्च र स्थानीयसँग सहयोग मागेर सडक मर्मत कार्यमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here