पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

१५ पुस, काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ।

इन्डियन एक्प्रेसका अनुसार बुधबार भारतमा १३ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार भारतमा ९ हजार १ सय ९५ जनामा संक्रमण देखिएको थियो।

frontline

यो अघिल्लो दिनको तुलनामा ४४ प्रतिशत बढी हो। सोमबार भारतमा ६ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण भएको थियो।

कोरोना संक्रमणसँगै भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण पनि फैलिँदै गएको छ। राजधानी दिल्ली र अर्को प्रमुख सहर मुम्बईमा ओमिक्रोनको संक्रमण तीव्र भइरहेको छ।

अहिले भारतभरि ९६१ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ भने तीमध्ये दिल्लीमा २६३ र मुम्बईमा २५२ जना संक्रमित पुगेका छन्।

गत मेमा भारतमा एकैदिन कोरोनाका ४ लाख १४ हजार संक्रमित थपिएका थिए। त्यतिबेला भारतमा डेल्टा भेरियन्टको संक्रमण थियो। डेल्टा भेरियन्ट भारतमै पहिलो पटक पत्ता लागेको थियो।

त्यो दर घट्दै गएर डिसेम्बर २० मा ५ हजार ३ सय २६  पुगेको थियो। त्यसपछि भारतमा फेरि संक्रमण बढ्न थालेको हो।

संक्रमण बढेपछि दिल्ली र महाराष्ट्रका अधिकारीहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here