न्यूयोर्क बाढीमा तीन जना नेपालीको मृत्यु

श्रोत : ईन्टरनेट

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बाढीमा परी तीन जना नेपालीको मृत्यु भएको छ । आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुका १९ महिनाका छोरा लोप्साङ लामा छन् ।

frontline

बाढीमा परेर अमेरिकाको न्युजर्सीमा २३ जना र न्युयोर्कमा १४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here