नेहरु विश्वविद्यालयको नयाँ उपकुलपतिमा शान्तिश्री धुलीपुडी पण्डित नियुक्त

२४ माघ, काठमाडौं । भारतको प्रसिद्ध जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयू) को नयाँ उपकुलपतिमा प्राध्यापक शान्तिश्री धुलीपुडी पण्डित नियुक्त भएकी छिन् । सावित्रीबाई फुले पुणे विश्वविद्यालयकी प्राध्यापक पण्डित जेएनयूको पहिलो महिला उपकुलपति हुन् ।

यसअघिका उपकुलपति प्राध्यापक एम जगदेश कुमारलाई भने भारतीय शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।

frontline

नवनियुक्त उपकुलपति पण्डितले जेएनयूको ‘स्कुल अफ इन्टरनेसनल स्टडिज’ बाट एमफिल र विद्यावारिधि गरेकी छिन् । चेन्नईको प्रेजिडेन्सी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर पण्डितले केही समय गोआ विश्वविद्यालयमा समेत पढाएकी थिइन् ।

पण्डितको जन्म भने सन् १९६२ मा रुसको सेन्ट पिटर्सबर्गमा भएको थियो । उनकी आमा लेनिनग्राद ओरियन्टल फ्याकल्टी डिपार्टमेन्टमा तमिल र तेलुगूकी प्राध्यापक थिइन् ।

प्राध्यापक पण्डितका ‘पार्लियामेन्ट एन्ड फरेन पोलिसी इन इन्डिया(१९९०) र ‘रिस्ट्रक्चरिङ इन्भाइरोमेन्टल गभर्नेन्स इन एसिया : इथिक्स एन्ड पोलिसी(२००३) पुस्तक प्रकाशित छन् ।

सन् १९६९ मा स्थापित जेएनयू भारतकै प्रसिद्ध विश्वविद्यालय हो जुन भारत र दक्षिण एसियाका विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको छ । नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत त्यहीँबाट विद्यावारिधि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here