नेविसंघ अध्यक्षमा नेता प्रेम साहीको दाबेदारी
२९ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघको १२औं महाविधेशनमा आफू अध्यक्ष पदको दावेदार रहेको नेता प्रेम साहीले बताएका छन्।
नेविसंघको महाधिवेशन नागरिकता प्रधानभन्दा पनि विद्यार्थी परिचयपत्र प्रधान हुनुपर्ने उल्लेख गर्दै साहीले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
शैक्षिक मुद्दामा विशेष केन्द्रीत रहेर संगठन निर्माणका लागि आफ्नो दाबी रहेको उनले बताए। दैलेखका उनी २०६३ सालमा नेविसंघ पशुपति बहुमुखी क्याम्पसको उच्च माविको अध्यक्ष, इकाई सदस्य, संगठन विभाग प्रमुख, इकाइ सचिव, ११औं महाधिनेशनमा देशभरको सामुदायिक क्यामप्सतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर काम गरिसकेका छन्।
‘३२ वर्षे उमेर हदको मर्म विद्यार्थीको नेता विद्यार्थी होस् भन्ने हो। विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्छ पूर्व विद्यार्थी होइन,’ उनले भने।
फागुन मसान्तसम्मा सबै भ्रातृ सघंको तदर्थ कमिटी गठन गर्ने निर्णय कांग्रेसले गरेको छ।
प्रतिक्रिया दिनुहोस्