नेविसंघका नेताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड

२५ पुस, काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका नेताले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्रमुखको कार्यकक्ष तोडफोड गरेका छन् ।

संघका क्याम्पस इकाइ अध्यक्ष विष्णुहरि खड्काले हिजो साँझ ढोका फोडेर कम्प्युटरलगायत भित्रका सामान नष्ट पारेको बताइन्छ । 

frontline

झापाली नेता कृष्णप्रसाद सिटौला निकट मानिने खड्काले विद्यार्थीहरु रवीन्द्र ऐरलगायत चार जनाको सहयोगमा उक्त हर्कत गरेका हुन् ।

नयाँ विद्यार्थी भर्नाको विषयमा आफ्ना मान्छेलाई भर्ना नलिएको आरोपमा उनले क्याम्पस प्रमुख प्राध्यापक ध्रुव प्रधानको कार्यकक्षमा पुगेर विवाद गरेका थिए । 

त्यहि विवादको निहुँमा उक्त समूहले साँझ क्याम्पस प्रमुखको कार्यकक्षको ढोका  तोडफोड गरेर कोठाभित्रका तीन वटा कम्प्युटर, एउटा प्रिन्टर फुटाएर भागेका हुन् । प्रहरीले ती सबैको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here